एमालेले संविधान, कानून र जबजको मर्मविपरीत पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमाआउन रोक लगायो : कर्ण थापा
कपन अनलाइन
काठमाडौँ, साउन ८।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्यएवं पूर्व मन्त्री कर्णबहादुर थापाले पार्टीले संविधान, कानून र जनताको बहुदलीयजनवादको मर्मविपरीत पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमाआउनबन्देज लगाएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमाआयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधनगर्दै उनले यस्तो बताएकाहुन् । नेताथापाले एमालेको केन्द्रीय समितिले प्रस्तावमापनिनभएको र छलफल गर्नुपर्ने एजेण्डामासमेत नरहेको कुरालाई छलफलमा ल्याएर भण्डारीलाई राजनीतिमा आउनबाट रोक लगाएको बताए ।
‘प्रस्तावमापनिनभएको, छलफल गर्नुपर्ने र निष्कर्ष निकाल्नुपर्ने एजेण्डामा पनिनभएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रियहुने किनहुने भन्ने सन्दर्भलाई छलफलमा ल्याएर उहाँलाई राजनीतिमाआउने रोक लगाएर कमिटीले निर्णय गर्यो । यो जनताको बहुदलीयजनवाद (जबज) को सिद्धान्तसँग, त्यसको मान्यतासँग मेल खाँदैन । जबजले कसैलाई पनिनिषेध गर्ने, रोक लगाउने, छेक्ने प्रकारको मान्यतामान्दैन । नेतृत्वको निम्ति स्वच्छ प्रतिस्पर्धा, हरेककाविचारलाई सम्मान गरेर प्रतिस्पर्धाको माध्यमबाट आफ्नाविचारलाई स्थापितगर्ने मान्यताजबजको हो,’– उनले भने ।
निर्णय गर्न राजनीतिकदलहरु स्वतन्त्रभएपनिती निर्णयहरु संविधान र कानुनसँगबाँझिननहुने उनले बताए । राष्ट्रपति, पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सकृय राजनीतिमाआउने हुने वानहुने भन्ने कुराको बहस गर्न सकिने भएपनिनेकपा (एमाले) प्रवेश गर्ने कुरासँगजोडेर मिसमास गरेर छलफल गर्न नमिल्ने उनले बताए । नेताथापाले पार्टी अहिले जबजको सिद्धान्तअनुसार नचलेको बताए । उनले पार्टीमा फरक मत र विचारलाई बन्देज लगाउने, प्रतिस्पर्धाको प्रणालीलाई कमजोर बनाउने र निधेष गर्नेजस्तागतिविधिहरु भइरहेको बताए । एमालेले संविधान र कानुनको भावनाविपरीत पूर्व राष्ट्रपति भण्डारीलाई दलको राजनीतिमाआउन रोक लगाएको बताए । पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमाआउन रोक्ने केन्द्रीय समितिको निर्णयमाआफूले ‘नोट अफ डिसेन्ट’ दर्ज गरेको पनिउनले बताए ।
‘अहिले यो बीचमाजनताको बहुदलीयजनवादले देखाएको बाटो, त्यसअनुरुप पार्टी चलिरहेको अवस्था छैन । पार्टीमा फरक मतप्रति असहिष्णु हुने, सकभर छलफल, बहस मन नपराउने, बहसलाई बन्देज लगाउने, विचारहरुलाई बन्देज लगाउने र प्रतिस्पर्धाको प्रणालीलाई कमजोर बनाउने प्रकारकाकाम र गतिविधिहरु भइराखेको स्थिति छ,’ उनले भने, ‘उहाँ (विद्या भण्डारी) लाई रोक्ने, निधेष गर्ने जो गरियो, त्यसमा फरक मतमा मैले भनेको छु– नेपालको संविधानले, कानुनले कुनै चिजले नरोकेको, नेकपा (एमाले) नेपालको कानूनबमोजिमदर्ता भएर सञ्चालितभएको पार्टी हो । त्यो पार्टीले निर्णय गर्दा संविधान र कानुनभन्दामाथि, संविधान र कानूनभन्दाविपरीत निर्णय गर्न मिल्दैन ।’
साथै, उनले अहिले संविधान संशोधनगर्दा राष्ट्रपति, उपराष्ट्रपति भइसकेका मान्छेहरुलाई राजनीतिमाआउनबन्देज लगाउनेगरी संविधानमै व्यवस्थागर्ने किभन्ने बहस पनिभइरहेको उनले बताए । तर, जन्मसिद्ध अधिकारलाई संविधान र कानूनले कटौतीगर्न नमिल्ने उनको तर्क छ । संविधाननिर्माणका क्रममापनिपूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपतिलगायतलाई राजनीतिमा आउनबाट रोक्ने विषयमा बहस भएको उनले बताए । ‘जन्मसिद्ध अधिकारलाई सीमितगर्न मिल्दैन । मान्छेको स्वतन्त्रततालाई अंकुशलगाउने गरी कानुनबनाउनमिल्दैन । राजनीतिगर्ने किनगर्ने, कसरी गर्ने, कुन बेलामागर्ने, कुन परिस्थितिमाकुनजिम्मेवारी लिने भन्ने कुरा कुनै कानुनबाट निर्देशितहुँदैन,’– उनले भने ।
अहिले पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा सक्रियहुने भन्ने कुरा स्वेच्छिक रुपमाव्यक्तिमा छाडिएको विषय रहेको उनले बताए । राजनीतिमा सक्रियहुने कुरा कुनै नैतिकता र अनैतिकताको प्रश्ननबन्ने उनले बताए ।
