जिपिए ४ ल्याउने ६ जना विद्यार्थीहरुलाई पिक पोइन्ट एकेडेमीको नगद पुरस्कार सहित सम्मान

जिपिए ४ ल्याउने ६ जना विद्यार्थीहरुलाई पिक पोइन्ट एकेडेमीको नगद पुरस्कार सहित सम्मान

कपन अनलाइन

काठमाडौं, असार ३०।

बुढानीलकण्ठ नगरपालिका वडा नं.१३ मा रहेको पिक पोइन्ट एकेडेमीले जिपिए ४  ल्याउने ६ जना विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ।

नेपाल सरकारका उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न सो  कार्यक्रममा एसईई-२०८१ मा ४.० जिपिए ल्याउने ६ जना विद्यार्थीहरु सहित  ६५ जना  विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो।

उक्त  कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामासहित  विधार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै  बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विधालयलाई नतिजाको आधारमा विशेष सम्मान गर्ने घोषणा गरेका थिए।

तपाइँको प्रतिक्रिया ।