बुढानिलकण्ठ प्याब्सनको आयोजनामा प्रथम यु–१४ छात्र तथा छात्रा फुटसल प्रतियोगिता हुने

बुढानिलकण्ठ प्याब्सनको आयोजनामा प्रथम यु–१४ छात्र तथा छात्रा फुटसल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

बुढानिलकण्ठ प्याब्सनको आयोजनामा प्रथम यु–१४ छात्र तथा छात्रा फुटसल प्रतियोगिता माघ २७ र २८ गते हुने भएको छ ।
बुढानिलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयका २५ टिमको सहभागिता रहने उक्त प्रतियोगिता इम्पेरियल वल्र्ड स्कुलमा हुने बुढानिलकण्ठ प्याब्सनका अध्यक्ष राधेश्याम श्रेष्ठले जानकारी दिए ।
उनले विद्यालयस्तरका विद्यार्थीहरूको प्रतिभा पहिचान, खेलकुद विकास तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगिताका संयोजक नवराज भट्टले कार्यक्रमबारे जानकारी गराउँदै खेलहरू लिग नकआउट प्रणालीका आधारमा सञ्चालन गरिने बताए ।
प्रथम हुनेलाई ९ हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । साथै बूढानिलकण्ठ क्षेत्रभित्रका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र खेल संस्कृतिको प्रवद्र्धनमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।