भंगालमा साउन ३ गते रक्तदान कार्यक्रम हुने

भंगालमा साउन ३ गते रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं ,असार ३०।

“रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ आउँदो साउन ३ गते भंगालस्थित लिटिल मुन स्कूल प्राङ्गणमा एकदिने रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

उक्त कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने जानकारी आयोजक संस्थाहरूले दिएका छन्। रक्तदानको महत्वलाई जनमानसमा फैलाउने र आपतकालीन अवस्थामा रक्तको सहज आपूर्ति सुनिश्चित गर्न उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा CERIN Network, बुढानिलकण्ठ नगरपालिका वडा नं. २, लिटिल मुन स्कूल, र शिवशक्ति युवा क्लबको संयुक्त आयोजनामा संचालन गरिनेछ।

आयोजकहरूका अनुसार इच्छुक व्यक्तिहरूले स्वस्थ अवस्था भएमा रक्तदान गर्न सक्नेछन्। साथै, रक्तदानपछि रक्तदातालाई आवश्यक परामर्श र हल्का खाजाको व्यवस्था पनि गरिनेछ।

सामाजिक उत्तरदायित्व वहन गर्ने सबै नागरिकहरूलाई कार्यक्रममा सहभागिताका लागि आयोजकहरूले हार्दिक अनुरोध गरेका छन्।

 

तपाइँको प्रतिक्रिया ।