श्री भद्रकाली आधारभूत विद्यालयकी छात्रा श्रीया बस्नेत कविता प्रतियोगितामा प्रथम

श्री भद्रकाली आधारभूत विद्यालयकी छात्रा श्रीया बस्नेत कविता प्रतियोगितामा प्रथम

कपन अनलाइन

काठमाण्डौ ,असार २९।

भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले श्री गणेश माध्यमिक विद्यालय, बूढानीलकण्ठ–२, काठमाडौँद्वारा आयोजित २१२ औँ भानु जयन्तीको अवसरमा आयोजना गरिएको कविता वाचन प्रतियोगितामा श्री भद्रकाली आधारभूत विद्यालयकी कक्षा ७ मा अध्ययनरत छात्रा श्रीया बस्नेतले प्रथम स्थान हासिल गरेकी छन्।

प्रतियोगिता बालबालिकाको प्रतिभा उजागर गर्दै भाषा र साहित्यप्रतिको रुचि विकास गर्न आयोजना गरिएको हो। स्थानीय तहका विभिन्न विद्यालयका सहभागीमध्ये श्रीया बस्नेटको प्रस्तुति उत्कृष्ट ठहरिँदै उनलाई प्रथम घोषित गरिएको हो।

श्री गणेश मा.वि. विद्यालय परिवारले छात्रा श्रीया बस्नेट तथा भद्रकाली विद्यालय परिवारलाई सफलताको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। यस किसिमका कार्यक्रमले विद्यार्थीदेखि विद्यालयसम्म सबैलाई भाषा र साहित्यप्रतिको सम्मान र योगदानप्रति प्रेरणा मिल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

तपाइँको प्रतिक्रिया ।