रिलायन्स इन्टरनेसनल एकेडेमीकी छात्रा युनिक्सा भण्डारीले अन्तरविद्यालय कविता वाचन प्रतियोगितामा प्रथम स्थान हासिल

रिलायन्स इन्टरनेसनल एकेडेमीकी छात्रा युनिक्सा भण्डारीले अन्तरविद्यालय कविता वाचन प्रतियोगितामा प्रथम स्थान हासिल

कपन अनलाइन

काठमाडौं, असार ३० ।

२१२औं भानुजयन्तीको अवसरमा राटो बंगला स्कूलद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय भानु–कविता वाचन प्रतियोगिता–२०८२ मा रिलायन्स इन्टरनेसनल एकेडेमीकी कक्षा ६ की छात्रा युनिक्सा भण्डारीले प्रथम स्थान प्राप्त गरेकी छन्।

प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरू सहभागी भएका थिए। ती सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै युनिक्साले उत्कृष्ट कविता वाचन प्रस्तुत गर्दै निर्णायकहरूको मन जितिन्।

यस सफलताले विद्यालयको प्रतिष्ठा अझै उच्च बनाएको विद्यालयले जनाएको छ। युनिक्साको सो उपलब्धिमा विद्यालय परिवारले हर्ष व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ।

रिलायन्स इन्टरनेसनल एकेडेमी, बुढानिलकण्ठ-१०, मिलञ्चोक, काठमाडौंमा अवस्थित यस विद्यालयले यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूमा विद्यार्थीहरूको सहभागिता प्रोत्साहन गर्दै आएको छ।

 

तपाइँको प्रतिक्रिया ।