चोरी पैठारी गरी ल्याएका दुइवटा कार सहित दुइ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

चोरी पैठारी गरी ल्याएका दुइवटा कार सहित दुइ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ ,असार २९।

चोरी पैठारी गरी ल्याएका दुइवटा कार सहित दुइ जनालाई काठमाडौँका छुट्टा छुट्टै स्थानबाट गत शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा १६ च ३१३१ नम्बरको स्वीफ्ट कार सहित रामेछापको दोरम्बा गाउँपालिका ४ घर भइ काठमाडौँको जोरपाटी बेशीगाउँ बस्ने ४० वर्षीय धन बहादुर तामाङलाई काठमाडौँको कागेश्‍वरी मनोहरा नगरपालिका ८ शिवचोबाट र  बा १६ च ४० १७ नम्बरको स्वीफ्ट कार सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का ३९ वर्षीय मोहन लामालाई काठमाडौँको बौद्धबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा दुईओटै कारहरु यातायात ब्यवस्था कार्यालय एकान्तकुना र सम्बन्धित सुजुकी आधिकारीक कम्पनीमा समेत अभिलेखमा रहेको नदेखिएको हुँदा थप अनुसन्धान तथा कारवाहिको लागि आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।