दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

प्रकृतिको साथ रहेन
आकासको आश भएन
वास उठाए पनि मेरो
अन्तरसुवास जाँदै गएन ।

कोपिला भै बहन मन लाग्यो
हावाहुरी सहन मन लाग्यो
फक्रिएर निख्रन भन्दा
बरु यसै रहन मन लाग्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।