मुक्तक : हरि आत्रेय

मुक्तक : हरि आत्रेय

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

ओइलाएको फूललाई पनि सीतको आश हुन्छ
उपकारी हृदयमा जो कोहीको पनि बास हुन्छ
युगको माग होकी मानव सोचमा आएको फरक
यहाँ त जसको भारोसा ग¥यो उसैको त्रास हुन्छ ।
सडक पाहुनाले दिनहुँ मार्मिक कुरा बोलेको छ
मै खाउँ मै लाउँ भन्नेको भित्री पोल खोलेको छ
विश्वास कति गर्छौ जनता झुटको खेती गर्नेलाई
देशको  बेथिति देखेर  मन भतभती  पोलेको छ ।
आँफैले आँफैलाई जब अहमं ठान्छ मान्छे
दुव्र्यशनमा रमाउँदै मादकता खान्छ मान्छे
सजीवलाई निर्जीव भन्छ आफ्नोलाई अर्को देख्छ
इज्जत प्रतिष्ठा गुमाउदै पतनतिर जान्छ मान्छे ।
कहिं कहिल्यै कसैको पनि दुःख देख्न नपरोस
कहिं कहिल्यै कु खबर पढ्न लेख्न नपरोस
बुद्धको देशका हौं भनी गर्व गर्ने महाशयहरू
कहिं कहिल्यै चर्को आवाज पनि छेक्न नपरोस ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।