लायन रामशरण बस्नेत PMJF : एक प्रेरणादायी नेतृत्वको कथा
कपन अनलाइन
काठमाडौं ,असार १८/ राजन श्रेष्ठ
लायन्स इन्टरनेशनल जिल्ला 325 E का गभर्नर लायन रामशरण बस्नेत PMJF को कार्यकाल (2024/25) नेपाली लायन इतिहासमै एउटा अद्वितीय, ऐतिहासिक र प्रेरणादायी यात्रा बन्यो।
जुलाई 1, 2024 मा सुरु भएको यो कार्यकालको पहिलो दिनमै “District Service Week” अन्तर्गत गरिएको सयौं सेवात्मक गतिविधिले नेपाललाई सेवा संख्यामा विश्वकै नम्बर 1 जिल्ला बनायो।
त्यसैले, यो केवल कार्यकालको सुरुवात होइन, सपना साकार भएको दिन थियो।
अन्तर्राष्ट्रिय अतिथिहरूको भव्य स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लायन्स अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको स्वागतमा सबैभन्दा ठूलो सहभागिता, अनि पाँचतारे होटलमा आयोजित सम्मान भोजमा देखिएको आत्मीयता र आतिथ्यताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गरायो।
ऐतिहासिक कार्यक्रमहरू र विशिष्ट उपस्थितिहरू
• Hyatt Regency Hotel मा सम्पन्न पहिलो क्याबिनेट मिटिङमा Lions International का अध्यक्ष Fabricio Oliveira को प्रमुख आतिथ्य
• Delight Party Venue मा दोस्रो क्याबिनेट मिटिङ
• पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष Frank Moore को प्रमुख आतिथ्यमा सम्पन्न महिला सशक्तिकरण सिम्पोजियम
• चन्द्रागिरी किड्नी डायलाइसिस सेन्टर स्थापना
• १००+ प्रतिनिधिहरूसहित बैंकक, थाइल्यान्डमा सम्पन्न तेस्रो क्याबिनेट मिटिङ – अन्तर्राष्ट्रिय फड्को
• Best Western Plus Five-Star Hotel मा सम्पन्न तेस्रो जिल्ला अधिवेशनमा लायन बिमल कुमार श्रेष्ठ दोस्रो VDG मा निर्वाचित
स्वास्थ्य संकटका बीच समर्पणको उत्कृष्ठ उदाहरण
अन्तिम दिन जुन 30, 2025 मा सम्पन्न चौथो क्याबिनेट मिटिङ र सम्मान समारोह अझ विशेष बन्यो, जब गम्भीर स्वास्थ्य समस्याबीच पनि गभर्नर बस्नेतले आफ्नो जिम्मेवारी निर्वाह गर्न कुनै कसर बाँकी राखेनन्।
शल्यक्रियापछि पनि कार्यकाल छोड्नुभएन, बरु अझ उर्जा, संकल्प र समर्पणका साथ सेवा पुरा गर्नुभयो।
सम्मान, उपलब्धि र प्रेरणाको शिखरमा
उहाँको कार्यकालमा क्लब विस्तार, सदस्यता वृद्धि, LCIF, NLF, ब्राण्डिङ, नेतृत्व विकासजस्ता सबै क्षेत्रहरूमा उल्लेखनीय सफलता प्राप्त भयो।
यस कार्यको सूत्रधार बने – PDG अनन्तप्रसाद भेटुवाल PMJF, जो रणनीतिक मार्गदर्शन र समन्वयको उदाहरण बन्नुभयो।
अब लायन रामशरण बस्नेत PMJF ले Immediate Past District Governor को जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ।
तर उहाँ लायन्स परिवारको मनमा सधैं प्रेरणाको प्रतिक बनी रहनेछन्।
“Long Live Lionism, Long Live Leadership”
सालुट छ — लायन रामशरण बस्नेत PMJF लाई!
जय सेवा, जय लायनिज्म।
