नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा काठमाडौं जिल्लाब्यापी वादविवाद प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौं , असार १८।
नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा काठमाडौं जिल्लाब्यापी वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
नेसनल प्याब्सन, बुढानिलकण्ठ नगरसमितीको आयोजना र नेसनल प्याब्सन काठमाडौ जिल्ला समितीको संयोजनमा भएको सो कार्यक्रममा आदिम नेसनल कलेजको सहयोग रहेको थियो।
नगर समितिका अध्यक्ष राजेन्द्र पुडासैनी (राजु) को अध्यक्षता र नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुबास न्यौपानेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बिष्णु पराजुली, केन्द्रिय सचिव मनोज श्रेष्ठ केन्द्रिय सदस्य भिस्मराज ढकाल<span;> बागमती प्रदेश समिती अध्यक्ष डि. एन. महतो, काठमाडौं जिल्ला समिती अध्यक्ष अमृत खड्का लगायत अतिथि रहेका थिए।
सो प्रतियोगितामा प्रथम : मेघा पब्लिक स्कुलबाट कृशाला प्याकुरेल,दितिय: पाणिनी स्कुलबाट, आशिस्मा भट्टराई, तृतीय : मिलन धर्मस्थलीबाट कृस्टिना सिम्खडा,सान्त्वना :बोधी सदनबाट जेशिका राउत र सान्त्वना :बेस्ट ग्रुप भिजन स्कुलबाट कृपा घले भएको कार्यक्रम संयोजक कमलमणि न्यौपानेले जानकारी दिएका छन।
विजेताहरुलाई पुरस्कार , शिल्ड,मेडल,प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको उक्त कार्यक्रमको संचालन सचिव मोहन फुयालले गरेका थिए।
