बुढानिलकण्ठ स्कुलका ९ जनाले एसइइमा जिपिए ४ ल्याए
कपन अनलाइन
काठमाण्डौ,असार १५।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको बुढानिलकण्ठ स्कुलका ९ जना विद्यार्थीहरुले एसइइ परिक्षामा जिपिए ४ ल्याएका छन।
नेपालकै प्रतिष्ठित मध्येको एक बुढानिलकण्ठ स्कुलका एरिक रिजाल,दिया पाण्डे, विवेक लामा,एन्जिला दाहाल,जेसिस अधिकारी, समुल श्रेष्ठ,बैभव अधिकारी, समृद्धि भट्ट र आभा श्री रिमालले जिपिए ४ प्राप्त गरेको प्रिन्सिपल केशर खुलालले जानकारी दिएका छन।
बुढानीलकण्ठ विद्यालयको स्थापना सन् १९७२ मा नेपाल र बेलायत सरकार बीचको संयुक्त लगानीको रूपमा भएको थियो। सन् १९८० मा यहाँका विद्यार्थीहरूको पहिलो टोलीले एसएलसी परिक्षा (राष्ट्रिय परीक्षा जुन ब्रिटिश ओ-लेभलको बराबर हो)मा सामेल भएएका थिए। सन् १९८३ मा, अंग्रेजी भाषालाई बुढानीलकण्ठ स्कुलको शिक्षाको आधिकारिक भाषा बनाइयो। क्याम्ब्रिज विश्वविद्यालयको ओ-लेवल र ए लेभल कार्यक्रम क्रमश १९८५ र १९८६ मा सुरु गरिएको थियो।
सन् १९९४ मा बेलायती व्यवस्थापनले उक्त प्रशासन नेपाली व्यवस्थापनलाई हस्तान्तरण गर्यो।
