भक्ति इन्टरनेसनल एकेडेमीको एसइइमा उत्कृष्ट नतिजा : २३ जना विद्यार्थीले A+ ग्रेड प्राप्त गरे
कपन अनलाइन
काठमाण्डौ,असार १५।
भक्ति इन्टरनेसनल एकेडेमी, बुढानिलकण्ठ–७ हात्तीगौंडाले माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् भने कुल २३ जना विद्यार्थीले A+ ग्रेड (GPA 3.60 भन्दा माथि) प्राप्त गरेका छन्।
बाँकी सबै विद्यार्थीले A ग्रेड (GPA 3.20 भन्दा माथि) प्राप्त गर्दै विद्यालयको शैक्षिक गुणवत्ता प्रमाणित गरेका छन्। उल्लेखनीय कुरा के छ भने सो परीक्षामा ७ जना विद्यार्थीले 3.90 भन्दा माथिको GPA ल्याउन सफल भएका छन्, जसले विद्यालयको शैक्षिक लगनशीलता र विद्यार्थीहरूको परिश्रमलाई उजागर गरेको छ।
विद्यालयका प्रधानाध्यापकले नतिजाले विद्यार्थी, अभिभावक तथा शिक्षकहरू सबैको संयुक्त प्रयासको सानदार उपलब्धि देखाएको बताए।साथै, आगामी दिनमा गुणस्तरीय शिक्षालाई अझ सुदृढ गर्दै विद्यार्थीको समग्र विकासमा केन्द्रित हुने विद्यालयको प्रतिबद्धता समेत दोहोर्याएका छन्।
भक्ति इन्टरनेसनल एकेडेमीले विगतका वर्षहरूमा जस्तै यसपटक पनि उच्च सफलता दर कायम राख्दै शिक्षा क्षेत्रमा आफ्नो अलग पहिचान बनाएको छ।
