छलकपटिको विहे : महेन्द्र चालिसे (कथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस २७ ।
ए दिपेश उँ त्यो हरिश हैन ? जो दुई बर्ष अघि आफुलाई ह्यारी भनेर परिचय दिने मान्छे किन पागल जस्तो पो देखिएको छ हँ ? ऊ दिपेशलाई सोध्छ जो उसको आजको घुमाइको पथप्रदर्शक थियो । ऊ एक हप्ते कार्यक्रमको लागि अमेरिकाको भर्जिनिया पुगेको थियो । उसको कार्यक्रम हिजो सकिएपछि ऊ आज घुम्न भनेर समुन्द्री तटतिर अमेरीका बस्ने उसको साथीलाई लिएर घुम्न गएको थियो । जहाँ उसले हरिसलाई देख्छ ? दुई वर्ष अघि ऊ त्यही साथी दिपेशसँग न्यूमेक्सिको घुम्न जाँदा एउटा होटलमा हरिससँग परिचय भएको थियो । त्यतिबेला दिपेश र हरिस साथी थिए र दिपेशले उसँग हरिशको परिचय गराउँदा “हाम्रो साथी हरिस” भनेर गराएको थियो । तर हरिशले तत्कालै प्रतिवाद गर्दै डन्ट कल मि हरिस आइ एम ह्यारिश भनेर हँसाएको थियो । त्यहाँ उनिहरू २ घण्टा सँगै बसेका थिए, त्यो २ घण्टा हरिसका फरासिला कुरा सुन्दै कतिखेर बित्यो थाहै भएन । त्यतिखेर हरिशले भनेको थियो ऊ चाँडै नै नेपाल आउँदै छ विहे गर्न । “म तपाईंलाई मेरो विहेमा बोलाउँछु तपाई आउनुपर्छ है” पनि भनेको थियो तर ऊ नेपाल आयो, आएन, विहे ग¥यो गरेन उसलाई थाहा भएन किनिकि ऊ नेपालमा हुँदा हरिशले कुनै सम्पर्क गरेको थिएन ।
यसले दिपेशसँग यस बारेमा सोध्छ किनकि हरिशले यसो भन्दै गर्दा दिपेश पनि त त्यहि थियो नी । जवाफमा दिपेश भन्छ– “हो भाइ तैंले सोधि हालिस् म बताउँछु तर यसको ठूलो पीडादायक कथा छ । संसारमा सबै केटाहरू खराब र सबै केटीहरू असल हुँदैनन् । यसको ज्वलन्त उदाहरण यही हरिश नै छ । यहाँ अमेरिकामा सफल थोरै नेपालीमध्येको एउटा अब्वल केटो जो यहाँको एउटा कलेजमा स्थायी रुपमा पढाउँथ्यो र अरु दुइवटा कलेजमा भिजिटर प्रोफेसरको रुपमा पढाउने गथ्र्यो । यति कलिलै उमेरमा ऊ न्यूमेक्सिकोका कलेजहरूमा निकै प्रख्यात प्रोफेसर थियो, अविवाहित थियो । उसँग विहे त के कुरा डेटिंग जानका लागि पनि एक से एक केटीहरू लालायित हुन्थे तर हरिश यी कुनै कुरामा आकर्षित हुँदैन थियो । हो बेला बेलामा विहेको चर्चा हुँदा ऊ नेपालै गएर बाबु आमाले छिनोफानो गरेकै केटीसँग विहे गर्नुपर्छ भन्थ्यो ।
यसलाई विहेको लागि बाबुु आमाले केटी ठिक पारेर नेपाल बोलाउनु भयो । ऊ अमेरिकामा विख्यात प्रोफेसर, नेपालको अविभावकले छोरी नदिने त प्रश्नै भएन । त्यसमा पनि ऊ नेपाल मै पनि सभ्रान्त परिवारकै सदस्य थियो । त्यसैले उसको विहेको लागि पनि एउटा खान्दानी परिवारकै छोरीसँग हुने कुरा भएछ । तर केटीले एउटा शर्त राखेको रहेछ के भने विहे गरेर अन्माएकै दिन अमेरिका लग्न सक्ने भए बिहे गर्ने नत्र नगर्ने । बिहे गरेर यहाँ छाडेर अमेरिका लग्न १ वर्ष २ लाग्ने हो भने जुन प्रायः अरुहरूको देखिएको छ, यदी त्यस्तै हो भने म विहे गर्दिन । केटीको यस्तो शर्त आएपछि हरिसले आफ्नो सबै प्रभावहरू प्रयोग गरेर केटीको लागि पेपर भिषा बन्दोवस्त मिलाएर ऊ विहेको लागि नेपाल गयो ।
नेपालमा दुवैतिर सम्पन्न परिवार धुमधामसँग विहे भयो । विहे सकेर दुलहीको घरबाट दुलही अन्माएर दुलाहाको घरमा भित्र्याए र घरमा गर्नुपर्ने सबै विधी सके । त्यही दिन राति ११ बजेको उनीहरूको अमेरिकाको लागि फ्लाइट थियो त्यसैले उनीहरू राति नौ बजे घरबाट एयरपोर्ट गए । काठमाडौँबाट उँडेको २२–२३ घण्टा पछि उनीहरू अमेरिकाको न्यूयोर्कस्थित जोन अफ केनेडि एयरपोर्टमा ओर्लिए । अध्यागमन र भन्सारको सबै प्रकृया पूरा गरेपछी उनीहरू बाहिर निस्किए । बाहिर आएर हरिश गाडिलाई बोलाउन फोन गर्न मात्र के लागेको थियो, उसको अगाडि एउटा युवक आएर उसलाई “तर्पांइलाई धेरै धेरै धन्यवाद छ, हरिशको नवविवाहित दुलहीतर्फ देखाउँदै ऊ र म गत ४ वर्ष देखि प्रेम सम्बन्धमा थियौँ, तर मैले जति कोशिश गर्दा पनि उनलाई नेपालबाट यहाँ ल्याउन सकेको थिइन । यसैबीच तपाईंको र उनको विहेको कुृरा चलेछ र उनकै योजना अनुसार उनले तपाईसँग विहे गरेर विहेकै दिन उढ्नु पर्ने शर्त राखिन् । उनले तपाईंको र अमेरिकामा तपाईंले कमाउनु भएको ख्यातीको कारण तपाईंले उनको भिषाको व्यवस्था गर्न सक्नु हुन्छ भन्ने विश्वास भएर विहे गर्न मन्जुर दिएर विहे गरिन् । उनलाई अमेरिकासम्म ल्याइदिनु भएकोमा फेरी पनि धन्यावाद ।” यति भनेर हरिशकी नवविवाहित दुलहीको हात समातेर लग्यो । जाँदै गर्दा ती केटीले पनि “तपाईंलाई धेरै धेरै धन्यवाद मेरो शर्त मान्नुभएकोमा, नत्र २–४ दिन नेपाल बस्नु परेको भए मलाई तपाईंलाई छाड्न अलि गारो पथ्र्यो कि, भन्दै हात हल्लाउँदै गइन ।
त्यसपछि हरिस लगभग पागल जस्तै भयो, कसैसँग बोल्दैन, त्यसैगरी टहल्ली रहन्छ र कहिलेकाहीँ नेपालीहरूको जमघटमा जान्छ, चुपचाप बस्छ, तर त्यहाँ कसैले नेपाल गएर विहे गर्ने कुरा ग¥यो कि पहिले त त्यो कुरा गर्ने मान्छेलाई झम्टन्छ, त्यसपछि त क्वाँ क्वाँ रुन्छ । सबैले उप्रति सहानुभूति राख्छन्, सम्झाउँछन् । बल्ल बल्ल अहिल्यै यतिसम्म सम्हालिन सक्ने भयो, नत्र त हरि विजोग थियो । ‘उता नेपालमा परिवारहरू त्यस्तै चिन्तामा बसिरहेछन् । उसलाई यो कुरा पत्यार लाग्दैन किनकी सुन्दा यो कुनै हिन्दी टेलिसिरियलको कथाजस्तो लाग्छ तर दिपेशले अरु धेरै कुराहरू सुनायो र केही तथ्यहरू प्नि बतायो त्यसपछि त यसमा विश्वास नगर्ने कुरै भएन ।
हो उसले यसअघि अमेरिकाबाट नेपाल आएर बिहे गरेर गएपछि केटीहरूलाई पिडा दिएको केही घटनाहरू नसुनेको हैन तर एउटी केटीको यस प्रकारको चलाख्याई र गजबसँग केटालाई छलेर बिहे गरी अमेरिका पुगेको र केटालाई विमानस्थलमै छाडेर आफ्नो प्रेमीसँग अंकमाल गरेर हिडेको घटना पहिलोपल्ट सुनेको हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक