सम्झौता : पी पी कोइराला (लघुकथा)

सम्झौता : पी पी कोइराला (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,पुस २७ ।

“दर्जनौ छन् ।” उषाले ग्याँस मार्दै लोग्नेलाई ठाडो जबाफ फर्काई ।
राजेश काँप्दै जुरुक्क उठ्यो र “तँलाई नकचरी, मनपरी बोल्छेस ?” भन्दै हात उज्यायो ।
“लु हान् त । तेरो पनि ढाँडसाड भाँचिन भने म एक बाउकी छोरी होइन ।” भन्दै उषा रिसले झन् महाकाली जस्ती भई ।
“अनि दर्जनौ माया गर्ने थिए भन्न तँलाई लाज भएन ?” राजेशले फेरि दाह्रा किट्दै सोध्यो ।
“तैँले पनि त बिहे अघिको कुरामा बढी शंका गरिस् नि त । विहे अघि तेरो कोसँग के थियो मैले प्रश्न गरेको छु र ?” उषा पनि जंगिन थाली ।
उसले मौकामा सबै सत्य ओकल्न थाली, “मैले कसैसँग प्रेम नगरे पनि पढ्दा देखिका धेरै साथीहरुले मलाई मन पराएका थिए, बिहे गर्न खोजेका थिए । एउटासँग पनि मेरो लभ अफेयर पनि चलेको थिएन । नियतिले गर्दा पो तँसँग बिहे भयो ।”
राजेशले कुरा मोड्नलाई “भात पस्क” भन्यो ।
“आँफै पस्केर खा । जहिल्यै झगडा गर्छस् जँड्याहा ?” भन्दै उषा रुन थाली ।
राजेशले दुबैको थालमा पस्केर टेबुलमा राख्यो र भन्यो, “ल ल खान आइज । अबदेखि यस्ता कुरामा झगडा नगरुम् है ।”
उषाले रुँदै भनी, “तँलाई मेरो बिहे अघिको सबै कुरा थाहा थियो त किन जानी जानी मलाई बिहे गरिस्, पापी ?”
राजेशले आँसु झार्दै भन्यो, “वास्तबमा मैले नै बिर्सिएछु, बिहे भनेको एउटा सम्झौता न हो ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।