इजरायली प्रधानमन्त्री नेतन्याहु पत्रकार हित विपरित

इजरायली प्रधानमन्त्री नेतन्याहु पत्रकार हित विपरित

जेरुसेलम (इजरायली), २० भदौ । इजरायली प्रधानमन्त्री बेन्जामिन  नेतन्याहुले सार्वजनिक प्राधीकरणमा काम गर्ने पत्रकारलाई प्रसारणका क्रममा आफ्नो धारणामा प्रतिबन्ध लगाउने एउटा भर्खरै पारित भएको कानुनलाई खारेज गर्ने घोषणा गर्नुभएको छ ।
Benjamin_Netanyahu_2012

बेन्जामिन नेतन्याहु

 

तर, प्रधानमन्त्रीको कार्यालयले भने सो विवादास्पद कानुन कहिले खारेज हुन्छ भन्ने कुरा उल्लेख गरेको छैन ।

सरकारले उक्त कानुन बिहीबार पारित भएको थियो । यहाँका सञ्चारमाध्यमले सरकारको यो निर्णयलाई सरकारविरोधी शक्तिलाई नियन्त्रण गर्ने प्रयासस्वरुप ल्याइएको भन्दै कडा विरोध जनाएका थिए ।

इजरायलको प्रेस काउन्सिलले यहाँको संसदलाई उक्त कानुन प्रेस स्वतन्त्रताको विरुद्ध भएको भन्दै खारेजीका लागि सशक्त आवाज उठाउँदै आएको थियो ।

तपाइँको प्रतिक्रिया ।