कोखामा दाँत : कात्यायन (लघुकथा)

कोखामा दाँत : कात्यायन (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज २१।
एक अपरिचित आएर मलाई उत्सुकता देखायो, “खै, तँपाईँको कोखा देखाउनु त !”
निशङ्कोच मैले कोखा उघारेँ ।
उसले भन्यो, “ए, दाँत रहेनछ त !”
ऊ गयो ।
म अलमल्ल परेँ ।  सोचेँ । अब तपाईँहरू भन्नू त, कोखामा दाँत क कस्को हुने गर्छ ?
– घर–परिवारको ?
– आफन्त, इष्टमित्रको ?
– छरछिमेक या चिनेजानेकाको ?
– साथी–संगिनीको ?
– प्रेमी–प्रेमिकाको ?
– कि आत्मियताको ?
– कि विश्वासपात्रको ?
– …   …   … ???
– कि वर्तमान राजनीति कर्मीको ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।