लायन्स ३२५ जि मा गर्भनस कप फुटसल हुने

लायन्स ३२५ जि मा गर्भनस कप फुटसल हुने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २।

लायन्स क्लब अफ काठमाडौ नारायणथान, लायन्स क्लब अफ काठमाडौं स्पोर्ट्स  सोसाईटि, लायन्स क्लब अफ काठमाडौं इक्युटी, तथा लाइफ सेभर क्लब सहितको जोन बैठकको अवसरमा नेपालको चार्टर एकाउटेण्ट परिक्षा पहिलो र दोस्रो क्यापमा प्रथम हुने अस्मिता तिमल्सिना तथा नेपालको यु १७ टिमका म्यानेजर विजेन्द्र पुडासैनीलाई सम्मान सहित गभर्नस पिनले सम्मानित गरिएको थियो।लायन्स क्लब अफ काठमाडौ स्र्पोटस सोसाईटिको आयोजनमा आगामी महिना गर्भनस कप फुटसल प्रतियोगिता हुने  घोषणा गरिएको  छ ।

जोन चियरपर्सन दामोदर भट्राईको सभापतित्वमा सम्पन्न गभर्नस एडभाईजर बैठकमा डिस्ट्रिक ३२५ जि का गर्भनर लायन डा. कमल बा. कायस्थको प्रमुख उपस्थितीमा पिन मार्फत प्रोत्साहन गरिएको हो। काठमाडौको सुर्य इभेन्टसमा सम्पन्न बैठकम प्रथम डिस्ट्रिक  भाइस गर्भनर विधान जोशी, द्धितिय भाइस गर्भनर उत्तम कायस्थ, पिएमसिसि केशव पाण्डे , पिएमसिसि कयामउद्धिन, डिस्ट्रिक सेक्रेटरी रुकेश रञ्जित, गर्भनरस चिफ एड, अग्नि विलाश अधिकारी,को एड चन्द्र दाहाल, लायन्स इन्सटिच्युट चिफ रुसका वैध , डिस्ट्रिक काउन्सिलर अन्नत खड्का क्लसटर चिफ रिता दाहाल , रिजन चियर पर्सन राजन न्यौपाने, जोनका चिर्यरपर्सनहरु दुर्गा शिलवाल, पर्वताआरोही तथा जोन चिर्यरपर्सन माया शेर्पा, सुिमत्रा पाण्डे, लगायत विभिन्न क्लबका पदाधिकारीहरु समेतको उपस्थिती रहेको थियो ।

जोन बैठक बाट विभिन्न एजेण्डाहरु पास गरिएको थियो । आगामी वर्षका लागि डिस्ट्रिक गर्भनरको मुख्य योजनाहरुमा विद्यालयका बालबालिकाहरुका लागि झोला, रक्तदान कार्यक्रम तथा स्वास्थशिविरहरुको आयोजना गर्नका लागि लायन्स क्लब अफ काठमाडौ नाराणथान,( असोकराज पाण्डे) लायन्स क्लब अफ काठमाडौं इक्युटी( बद्री खड्का) लायन्स क्ल्ब अफ काठमाडौ सेभर लगायतका क्लबका अध्यक्षहरुले आफ्नो रिर्पोट प्रस्तुत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।