प्रकृति संरक्षणको आवाजसहित ‘मिस्टर नेपाल’मा बुढानीलकण्ठका सत्यम पाठकको प्रभावशाली उपस्थिति
मिस्टर नेपाल २०२४ को मञ्चमा प्रकृति तथा वन्यजन्तु संरक्षणको आवाज़ उठेको छ । प्रकृति तथा वन्यजन्त संरक्षणमार्फत नेपालको विकासमा योगदान दिने सकिने आवाजसहित १९ वर्षीय वाइल्ड लाइफ़ फ़ोटोग्राफ़र सत्यम पाठक मिस्टर नेपालको मञ्चमा प्रभाव जमाइरहेका छन् । उनी नेचर तथा वाइल्डलाइफ कन्जरभेसन तथा एस्ट्रो फ़ोटोग्राफ़र हुन् ।
कन्जरभेसनमार्फत देश विकास गर्न सकिने साेचका साथ मिस्टर नेपाल २०२४ मा सहभागि भैरहेका पाठकले फाइनल आउनु एकसाताअघिसम्मको अबस्थामा सबैखाले क्याटागोरीमा राम्रो प्रदर्शन गरिरहेका छन् ।
इन्ट्रडक्सन राउण्डमै प्रतिष्पर्धीहरूबीच सर्वोत्कृष्ट हुँदै प्रतियोगितामा दरिलो खुट्टा टेकेका उनले वेस्ट पर्सानालिटी राउण्डदेखि ट्यालेन्ट राउण्डमासमेत उत्कृष्ट प्रदर्शन गरेका छन् ।
टप १५ मा स्थान पाउनका लागि प्रतिष्पर्धीहरूबीच बिभिन्न प्रतिष्पर्धाका साथमा इसेवा तथा ग्लोबल अनलाइन पेमार्फत भोटिङसमेत चलिरहेको छ । बुढानीलकण्ठ तौलुङ निवासी सत्यम पाठक ३१ नम्बर प्रतियोगिका रूपमा मिस्टर नेपाल २०२४ मा सहभागि रहेका छन् ।
तपाइँको प्रतिक्रिया ।