१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबमा बुढानीलकण्ठ आश्रम विजयी

१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबमा बुढानीलकण्ठ आश्रम विजयी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २।

बुढानीलकण्ठ आश्रमले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार जित हात पारेको छ ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बूढानीलकण्ठ आश्रमले संस्कृतिलाई १४–१० ले पराजित ग¥यो । बूढानीलकण्ठ आश्रमकी सम्भावीले ४ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा वेदव्यासले स्कोलर्स होमलाई ३०–२२, भद्रकालीले फ्लोरोसेन्टलाई ३७–२१, न्युटनले बूढानीलकण्ठ आश्रमलाई ४०–३०, संस्कृतिले एक्टिभलाई ४५–३२ र भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्ड ‘बी’ लाई ६३–५० ले हराए । वेदव्यासका दर्पणले १२, भद्रकालीका सुदिप श्रेष्ठले १८, न्युटनका अनिश गुरुङले १३, संस्कृतिका आयुशले १८ र भ्याली पब्लिकका अनिमेशले २२ अंक जोडे ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले किङडमलाई २७–२५, फ्लोरोसेन्टले भद्रकालीलाई ३१–२१, न्युटनले नव ज्ञानभूमिलाई २६–१८ र भ्याली पब्लिकले हिमरश्मीलाई २५–११ ले पाखा लगाए । एन्जल्स हार्टका रुपेश पौडेलले १२, फ्लोरोसेन्टका सम्बोधित पौडेलले १४, न्युटनका आशिष राईले १० र भ्याली पब्लिकका अशोक विकले १० स्कोर गरे ।

तपाइँको प्रतिक्रिया ।