मध्य निशा : एन्जल निलु (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,असार २९ ।
दिशाविहीन आफ्नै मनमस्तिष्क भित्रको कालो घनघोर अँध्यारोमा उज्यालोको बाटो खोज्दै थिएँ ।
पिल्पिलाई रहेको टुकी लिएर उ मेरो अगाडि टुप्लुक्क आइपुग्यो ।
म झस्किएँ… !!
– ‘डराउनु पर्दैन । म तिम्रो मार्गदर्शक हूँ !’
पत्यार लागेन ।
– ‘संसार विश्वास मै टिकेको छ ।’
म मौन भएँ ।
उसले मभित्रका तीता–मीठा यादका ढिस्काहरूलाई कोट्याउन थाल्यो ।
कहिले ठठ्यौली पाराले त कहिले भावुक मुद्राले, मैले जवाफ फर्काउँदै गएँ । गफिँदै गन्तव्य नाप्दै थियौँ ।
उसले घरि मेरो अनुहार, घरि मभित्रका उर्लिँदो रहरका अनन्त छालहरूलाई बडो गम्भीर मुद्रामा हेथ्र्यो ।
म विश्वस्त हुन लागेकी थिएँ । आफूलाई सुरक्षित महसुस गर्दै गइरहेको थिएँ ।
अगाडिको बाटो जोखिमपूर्ण देखेर, उसले मतिर हात बढायो ।
उसको हात समात्नै लागेकी थिएँ…
तर उसैले मेरो कोमल अंग लाई च्याप्प समात्यो । बलिया हातहरुले कस्सक कस्यो ।
म एइया ! र आहा !! को दोसाँधमा रहेर चिच्याइरहेँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।