सिंहदरबार : छायाँदत्त न्यौपाने (लघुकथा)
कपन अनलाइन
काठमाडौं, जेठ १९।
मेरा नजिकका मित्र हस्याङफस्याङ गर्दै आए । भलाकुसारी समेत नगरी मलाई मदत चाहियो भने । म पनि के कम , तिमी सँगै छु के गर्नुप¥यो ? भनिहाल, म अलिक हतारमा छु ।
उनले पनि व्याख्या नगरी भने– मलाई मेरा हराएका साथी भेट्नु छ । हैन तिम्रा को साथी हराए ! ल तिमीलाई थाहा छैन ? ऊ क्या सुरुदेखि क्याम्पससम्म सँगसँगै पढेका सहपाठी विवेक, इमान र नैतिक तीनै जना नभेटेको वर्षौं भो । नभेटी भएको छैन । उनको कुरा सुनेपछि मुन्टो घुमाएर अनुहार हेर्दै भनेँ –कहाँ हराए त साथीहरू ? उनी अन्य मनस्क भई भने यहाँ भनेर थाहा भए त … अलिकति चिन्ताको मुस्कान थपेझैं गरी मैले भनेँ –कहाँ जाने त खोज्न ?
उनी अलिकति घोरिएर त्यै सिंहदरबार त होला नि भनेँ । मलाई हाँसो लाग्यो । उनको अलमल देखेर भनेँ– सिंहदरबारमा यिनले प्रवेश पाउँछन् र त्यहाँ भेट्नलाई ! त्यहाँ त यिनीहरू भेटिन्नन् । त्यहाँबाट उहिल्यै निस्के मेरो कुराले रन्थनिदै –हँ, के भन्छौ तिमी , त्यै ठाउँमा भेटिने होइनन् र ! त्यो जनताकै हितमा काम गर्ने ठाउँ भनेको होइन र ! भने ।
मैले बिचारालाई थाहा रहेन छ भन्ने बुझेपछि –
त्यत्रो हल्ला सुनेनौ र तिमी कुन दुनियाँमा छौ हँ ? अचेलको सिंहदरबारमा त तिम्रा साथीहरू पस्नै पाउँदैनन् नि ! त्यहाँ त अरु अरुको राज छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक