रहलपहल :हरि गोविन्द भोमी (लघुकथा)

रहलपहल :हरि गोविन्द भोमी (लघुकथा)
कपन अनलाइन
काठमाडौं, असोज १२।
दशैं नजिकिँदै थियो । किनमेल को लागि ऊ बजार तिर लम्क्यो । उसले त्यहाँ एउटा विज्ञापन बोर्ड झुन्ड्याई राखेको देख्यो । “हरेक सामान खरिदमा ४५% छुट ।”
उसले गम्यो । ५०० रुपैयाँको सामान खरिद गर्दा २७५ रुपैयाँ मात्र पर्ने भएछ । ऊ खुसीले प्रफुल्ल भयो । र पसल भित्र प्रवेश गर्यो । सरसामान छान्नु  भन्दा पहिले उसले पसले सित सोध्यो ।
“तपाई कति मुनाफा राखेर सामान बिक्री गर्नु हुन्छ ?”
“हेर्नुस हजुर । अचेल व्यापार मा होड भइरहेको छ । त्यसैले
हाम्रो प्रतिफल भनेको  पाँच, दस पर्सेन्ट मात्र हो ।” पसलेले भने ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।