स्वाभिमान : प्रेम पुन मगर (लघुकथा)

स्वाभिमान : प्रेम पुन मगर (लघुकथा)
कपन अनलाइन
काठमाडौं, जेठ १९।
‘यो त निकै दुखद कुरा भयो भिनाजु ।’ ससुराली आएका भिनाजुको लामो दुखेसो सुनिसकेपछि रामले दुःख प्रकट गर्दै भन्यो ।
‘हो त बाबु मुद्दा मामलामा फस्नु भनेको आफु सिद्धिने काम रहेछ ।’ भिनाजुले पछुतो मान्दै भने ।
उनले थपे, ‘सबै ठिकै चलिरहेकै थियो । छिमेकीसँगको सानो बिवादले उग्ररुप लियो ।’
दुखेसो सुनिरहेको रामले भन्यो, ‘यो त अति नै गाह्रो भयो नि
भिनाजु । अरु भन्दा पनि इज्जत, धन र समयको  स्वाहा ।’
उनले फेरि थपे,‘ तँ भन्दा म के कम ? भन्ने हिसाबले चल्दा सामान्य विवादले पनि यत्रो सास्ती दियो ।’
‘जसरी भए पनि यो कुराको टुङ्गो लगाउनै पर्छ भिनाजु !’ रामको कुरा सुने पछि उनले भने ।
कसरी टुङ्ग्याउनु ? ऊ झुक्दैन म झुकम्, मेरो स्वाभिमानले दिदैन ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।