दोश्रो काष्ठमण्डप कप बास्केटबलमा टीआईए विजयी

दोश्रो काष्ठमण्डप कप बास्केटबलमा टीआईए विजयी

कपन अनलाइन
काठमाडौं, असोज १५।

दोश्रो काष्ठमण्डप कपमा  टीआईए ब्वाइज तर्फ  पहिलो भएको छ।
ब्वाइजको फाइनलमा टीआईएले विल्सन एकेडेमीमाथि ४५–४४ को जित दर्ता गरेको हो । ब्वाइजमा टीआईएका रोशन नगरकोटी तथा गर्ल्समा  एनसीसीएसकी दिभा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका छन ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल एवं निर्देशक डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए  ।

साताव्यापी प्रतियोगिताको बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्समा ८ टिमले प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जानकारी दिएका छन  छन्। फुटसलको सिनियर ब्वाइजमा र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा ८ टिम सहभागी रहेका  थिए ।

त्यस्तै  गएको साता भएको मिल्स बेरी कपमा पनि टिआइ बिजेता बन्न सफल  सफल भएको थियो जुन  प्रतियोगितामा टिआइएका कृस ओलि ले most valuable player बनेका थिए। उक्त प्रतियोगितामा सिनियर गर्ल्समा पनि टि आइ एले दितीय स्थान हासिल गरेको थियो ।

टिआइएको बास्केटबल लकडाउन पछि अलि पछि परेको भए पनि गएको वर्ष देखि पुन : आफ्नो लयमा दौडिरहेको जानकारी दिदै  विद्यालयका प्रधानाध्यापक उत्तम राज थापाले यहि कार्तिक २५ गते बाट १६ औ  TIA cup अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आयोजना हुने बताएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।