विद्यार्थीको नजरमा विद्यालय : हाम्रो प्यारो “रिलायन्स इन्टरनेशनल एकेडेमी”

विद्यार्थीको नजरमा विद्यालय : हाम्रो प्यारो “रिलायन्स इन्टरनेशनल एकेडेमी”

कपन अनलाइन

काठमाण्डौ, चैत १/प्रनिल बराल

नेपालको राजधानी काठमाडौंमा अवस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको स्थापना २०५० सालमा भएको थियो ।

यो बुढानीलकण्ठ नगरपालिका ,वडा नं १० कपनको मिलनचोकमा पर्दछ।यस विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका कक्षाहरु सञ्चालन हुने गर्दछ। यस विद्यालयमा करिब १२०० जना विद्यार्थीहरुले शिक्षा आर्जन गर्ने गर्दछन्।यस विद्यालयको प्रधानाध्यापकको नाम खेमलाल भुसाल हो, जो संस्थापक प्रधानाध्यापक पनि हुनुहुन्छ।

वि.सं. २०५० सालमा कपन बोर्डिङ स्कुलको नामबाट स्थापना भएको यो विद्यालय विकासक्रमसँगै रिलायन्स इन्टरनेसनल एकेडेमी जननी संस्थाका रुपमा रहेको छ भने यसका भगिनी संस्थाका रुपमा अन्य छ वटा संस्थाहरु रहेका छन् ।

यसका मातहतमा रिलायन्स इन्टेरनेशनल एकेडमी (+2 wings),रिलायन्स कलेज ,रिलायन्स पब्लिक स्कुल ,रिलायन्स को एड स्कुल ,रिलायन्स किड्स होम र विद्या सदन स्कुल लगायतका विद्यालयहरु सञ्चालनमा रहेका छन् ।यस नेटवर्क अन्तर्गतका विद्यालयमा करिब ५००० जना भन्दा माथि विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।वि.सं.२०७० सालमा SLC दिने ५ लाखभन्दा बढी विद्यार्थीहरुको बीचमा सर्वोत्कृष्ट विद्यार्थीको रुपमा नेपाल प्रथम हुँदै संजोग कार्की बोर्ड फस्ट भइ यस विद्यालयको नामलाई अझै परिचित गराउनु भएको थियो ।

एक्काइसौं शताब्दीको युगको आवश्यकता भनेको सक्षम ,गतिशील, दक्षजनशक्ति ,वैज्ञानिक ,व्यावहारिक ,जीवन उपयोगी शिक्षाको माग हो ।यस्ता जनशक्ति उत्पादन गर्नका लागि हाम्रो विद्यालय सधैं लगनशील छ मेहेनती छ र यस विद्यालयका विद्यार्थीहरुका लागि सिर्जनशील ,व्यावहारिक सीपमूलक र आत्मविश्वास बढ्ने खालको शिक्षा यस विद्यालयले प्रदान गर्दै आइरहेको छ।

अनुशासित साथै शिष्टाचार युक्त विद्यार्थी निर्माण गर्ने यस विद्यालयको मुख्य उद्देश्य हो भने संस्कार युक्त शिक्षा प्रदान गर्ने कोसिस यो विद्यालयको पहिलो प्राथमिकतामा पर्दछ। त्यसैले यस विद्यालयले अनुशासित सदाचारी विद्यार्थीको निर्माणका लागि सधैं जोड दिरहेको छ ।

यस विद्यालयमा अनुभवी शिक्षकहरुले शिक्षा प्रदान गर्ने गर्नु हुन्छ भने यहाँका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले बालबालिकालाई राम्रोसँग हेरविचार गर्ने गर्नु भएको छ ।यस विद्यालयमा संगीत, नृत्य, बालक्लब कृयटिभ क्लब, स्काउट, तेक्वान्दो आदि जस्ता विभिन्न अतिरिक्त क्रियाकलापहरुको पनि राम्रो ब्यवस्थापन रहेको छ ।

यस विद्यालमा विद्यार्थीहरुलाई आफ्नो काम आफैं गर्ने बानीको विकास गराउनका लागि विभिन्न अतिरिक्त कार्यक्रमहरु गराउने गरिन्छ साथै भि-स्टार प्रोजेक्ट मार्फत पनि विद्यार्थीलाई स्वावलम्बी बनाउने कोसिस गरेको छ र नियमित भि स्टार प्रोजेक्ट बुझाउने विद्यार्थीलाई हरेक महिना भि स्टार अफ द मन्थ (v star of the month ) अवार्ड प्रदान गर्ने गरेको छ ।

अनुशासन तथा शिष्टचार युक्त आदर सम्मान र सत्काको भाव बोक्ने रिलायन्स इन्टरनेसनल एकेडेमीले रिलायन्स एजुकेसन नेटवर्क भरिका विद्यालयहरुमा प्रत्येक कक्षा सुरु गर्नुभन्दा अघि २ मिनेट ध्यान गरेर कक्षा सुरु गर्ने परम्परा बसाएको छ भने कुनै पनि बैठक ,सेमिनारहरुमा ध्यान अनिवार्य गर्ने र गराउने गर्दछ। अनुशासित शिक्षित र मर्यादित विद्यार्थी निर्माणका लागि सधैं अग्रसर यस विद्यालय २०७५सालको see परिक्षामा ५० भन्दा बढी विद्यार्थी सहभागी गराउने विद्यालयहरु मध्येमा पनि प्रथम भएको थियो।

(प्रनिल बराल रिलायन्स इन्टरनेशनल एकेडेमीमा अध्ययनरत कपन अनलाइनका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।