सहन : प्रेम नेउपाने ‘प्रहर’ (लघुकथा )
कपन अनलाइन
काठमाडौं, फागुन २६।
काठमाडौं, फागुन २६।
‘आइया ! हँ ! हँ ! मरें ! मरें ! उफ्फ ! आइया ! हँ हँ !’
‘बुढ़ा, के भो, झन सारो पार्यो क्या हो ?’
‘हँ ! हँ ! खैँ बुढ़ी, के भन्नु । सहनै नसक्ने गरी दुख्दैछ । आइया !’
‘उता फर्किने हो बुढ़ा ?’
‘अब कतै फर्कन्न बुढ़ी । अब सिधैँ उकालो फर्कने बेला भए जस्तो छ । आइया ! हँ ! हँ ! आँखा अघि सबै कालो भएर आयो । अब म बाँच्दिन होला, बुढ़ी ।
यत्रो घरबार केटाकेटी कसरी थाम्छेस् कोनी । ल है तेरै जिम्मा अब । मेरो अब
यात्रा यहींसम्म रहेछ ।’
‘छिः छिः छिः बुढ़ा, यस्तो हरेश कुरा नगर न ! विश्वयुद्ध र कारगिल युद्धमा तिमी विजय भएर आउने वीर सिपाही पो त । पोहोर झन् छाती मै गोली लाग्या होईन ? खोई बाँच्यौ त । अहिले नाथे माथिला घरेले जाबो छुरा पिठ्युँमा हान्दा के अलसतलस परिराको । माथिला घरेलाई उसका गल्ती देखाउनै छ । तिमी उठ्नुपर्छ फेरि पोहोरको जस्तै ।’
‘हँ ! हँ ! आइयायायाया । हेर बुढ़ी, सिमाना पारीबाट दुस्मनले हानेको गोली छाती मै लाग्दा पनि सहन सकिन्छ तर सिमाना वारीबाट आफन्तले हानेको ढुङ्गा पनि पिठ्युँमा लागे सहन बहुत गाह्रो हुँदोरहेछ बुढ़ी, यति कुरा बुझीराखेस् । हँ ! हँ ! आइया ! आइया !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।