ए प्लस :महेन्द्र मोक्तान ( लघुकथा )
कपन अनलाइन
काठमाडौं, फागुन २६।
काठमाडौं, फागुन २६।
‘गनगन गर्न छोड्छौ कि छोरा बिगार्छ्यौ ?’ पतिले सम्झाउने लवजमा भने ।
‘मैले पनि नराम्रो भनेको त कहाँ हो र ? किताबी विद्याले मात्र कोही पार लाग्दैनन् । व्यावहारिकता पनि सिकाउन पर्छ भन्न खोजेकी मात्र हो ।’ पत्नीले नि सम्झौतामा ल्याउने प्रयास गरिन् ।
‘ब्यर्थको उल्झनमा किन अल्झाउनु उसलाई ? जसरी हुन्छ त्यसले ‘ब्ं’ ल्याउनै पर्छ ।’ –उनको ढिपी निर्धक्क बोल्यो ।
‘मैले मानेँ । अरूले तयार पारेको पुस्तक घोकेर सम्मानजनक स्थान ओगट्न सक्ला । तर घरेलू संस्कार पुस्तकमा पाइँदैन । तपाईंलाई थाहै छ, परोपकारको ज्ञान घरबाट नै सुरू हुन्छ ।’
‘भो ! बेलिविस्तार नलगा अब। त्यसको उज्जवल भविष्य सोंच् ।’– अहिले झनक्क रिसाए, उनी ।
विनम्र स्वरमा उनले भनिन्– ‘पछि आफू रक्तचापले चटपटाउन नसकेर ’पानी ले न छोरा, म औषधी खान्छु’ भन्दा ‘ब्ं’ छोराले ‘आफै सारेर खानुस् न !’ भन्यो भने के भन्नुहुन्छ ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।