खोरिया : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )
कपन अनलाइन
काठमाण्डौ,फागुन ५।
नजाउ प्यारा विदेश
उमेर वैश गुजार्न
स्वदेशै बसी सकिन्छ
दैलो उघार्न
रमाउने यो बेलामा
आँसु यो दैलो ठेलामा
धनले खुशी फुल्दैन
ओंठ खुल्दैन ।
परिवार यो छोडेर
आशामा काँडा गोडेर
जानु त्यो भन्दा विदेश
सँगै छ बेस ।
उमाली सिन्की खाउँला
सँगै साथ रमाउँला
मायाले छानो छाउँला
टाली लाउँला ।
सन्तोष पस्कि खाएर
रिस र राग छाडौंला
प्रेमले प्रेम घोलेर
खुशी बाँडौंला ।
धनले मृत्यु किन्दैन
धनले प्रेम छिन्दैन
अन्न खाने हो फलाई
हुन्छ भलाई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।