गजल : लीलाराज दाहाल

गजल : लीलाराज दाहाल

कपन अनलाइन

काठमाण्डौ,फागुन ५।

स्वार्थको झण्डा उचाले गाला चड्काउनू
बेइमानीको दियो बाले गाला चड्काउनू ।

तिम्रै हुन्छु सधैँ भन्ने बिश्वास दिलाएर
पिरतीको गजुर ढाले गाला चडकाउनू ।

यश कमाउने अनगिन्ती बाटा छोडेर
सम्पत्ति मै हत्ते हाले गाला चड्काउनू ।

धन दौलतको सडकमा हिँड्न पाउँदैमा
ईज्जतको दौरा फुकाले गाला चड्काउनू ।

अञ्जानमा भएका भूल माफ हुन सक्छन्
शीर नै झुकाउन थाले गाला चड्काउनू ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।