समय यस्तै छ : कृष्ण काफ्ले (कविता)
कपन अनलाइन
काठमाडौं,माघ २६।
उ ठुलो भाको छ बोल्दैन ए ! तिमि नै पहिले बोलाउन उसले बोलाउछ कि भन्ने आस गर्ने बोलाएनभनेर डाहागर्ने तिमी के कम । अलिअलि कमाएछ फुर्ति लाउछ ए ! कमाए पछि लुकाउने कुरै होइनफुर्ति जस्तो देखिन्छ लाउनै पर्यो खानै पर्यो पैसा भएपछि महङै किन्न मन लाग्छ तिमीपनिकमाउन, मैदानखालि छ, कसले रोक्या छ र । नखाइ नखाइ कमाको के काम ए ! नखाको भए यति दिन कमाइ रहन सक्थ्यो र ? उहिले बिरामी परि महामारी मा सकिन्थ्यो होलानि? तिमी नकमाउने पो डराइ डराइ खान्छौ होला । अचेल का मान्छे आफ्नो मान्छे पनिचिन्दैनन् ए ! उहिले पनि कौरबले आफ्नो मान्छे नचिनेर पाण्डवसँग युद्ध गरेका थिए र ? दशरथले मान्छे नचिनेर रामलाई वनबास पठाएका हुन र ? तिमीचिन्ने रैछ्यौ त पहिले नै परिचयदेउ न । तिमी ले पहिले परिचयदिए के फरक पर्छ र? बिहानै देखि कतिदुख गरेको धेरै दुख गरेर काम छैन ए ! जो बढि कुदछ उ टाढा पुग्ने हो तिमीभन्दाधनमा ज्ञानमा, समझदारीमा । उ परै होला? लामो बाटो कुद्दा दुखअवश्य हुन्छ, तिमी जस्तो झोक्राएको कुखुरा जस्तो त छैन नि ! सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।