बैँसको कल्पना : समिर अधिकारी
कपन अनलाइन
काठमाडौं,माघ २६।
मै फसेंलौ फसें हेर जन्जालमा
माकुरो घेरिए जस्तरी जालमा
हाँसुँ या रोउँलौ मैछु यो हालमा
केभयो यो सबै जीवनै कालमा ।
फूलको रूपमा लठ्ठ भै मै डुलें
तानिएँ पग्लिएँ बासनामै भुलें
कल्पिएँ कल्पना बैँसको तालमा
केभयो यो सबै जीवनै कालमा ।
सोच्दथें जीवनै हुन्छ लौ सुन्दर
सोच्नु औ भोग्नुमा भैगयो अन्तर
पाइयो दुःखलौ ऐसको रालमा
केभयो यो सबै जीवनै कालमा ।
ठोकिएँ रोकिएँ ठक्करै पाउँदा
लौ ढिलो भैगयो चेत त्यो आउँदा
फुत्किगो बारुदै बन्दुके नालमा
केभयोे यो सबै जीवनै कालमा ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।