कलम र तरबार : धिरज बराल ( लघुकथा)
कपन अनलाइनकाठमाण्डौ,पुस १४।
तरबारको एक मात्रखोज थियो;विजय । किनकि ऊ कुनैपनि हालतमा विजयको गाथा इतिहासको पानामा लेख्न चाहान्थ्यो । त्यही लालसामा, पुर्खौं देखिको उसको शत्रु कलममाथि ऊ पुरजोर धावा बोल्दै आएको थियो । ऊ सोच्थ्यो– कलमका औंलालाई बरफ झैं अचल बनाउन उसको अहंकार नै पर्याप्त थियो र कलमका क्षमतालाई उसको अघि लम्पसार पार्न उसको हुंकार नै काफी थियो ।’
परिस्थिति उसले सोचे जस्तो भयो भन्ने अहंकारको भयंकर आवेगमा दौडिन थाल्यो उसको रिसको घोडा र ऊ झन् अन्धाधुन्ध प्रहार गर्न थाल्यो कलमहरुका मस्तिष्कमा ।
अलिखित समयसम्म एवं रीतले तरबारले कलमहरुलाई आक्रमण गरिरह्यो र जीतको मनगढन्त पगरी आफ्नो शिरमा गुथिरह्यो । तर अफसोस ! आफ्नो विजयको गाथा इतिहासमा अभिलेखिकरण गर्न भने असक्षम प्रायःभएको बोध गर्दै थियो ऊ । त्यो असफलताबाट क्रुद्ध र निर्मम भएको तरबारले आफ्नो धार मुन्तिर त्यस युद्ध मैदानमा शिर झुकाएर बलिदानी कुरिरहेको एउटा कलमलाई कड्किदै सोध्यो –‘ए नाथे भन, तेरो अन्तिम इच्छा के छ ?’
धार मुन्तिरबाट त्यो कलमले आत्मविश्वासका साथशिर उठाउँदै मुस्कुराएर भन्यो –‘मित्र, तपाईँको प्रहार खप्न सक्ने जति मात्र मसँग बाँकी रहेको तागतले तपाईँको विजयको गाथा इतिहासमा सुनौलो अक्षरले लेखिदिने इच्छा मात्रबाँकी छ यतिबेला मसँग ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।