जस्तालाई तस्तै : विनोद नेपाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,पुस १४।
‘प्रमुख अतिथि आउनुभयो !’
आयोजक संस्थाकाअध्यक्ष खुसीले उफ्रिए मानौँ दुर्लभ कुनै चिजहात परेको होस् ।
एक घण्टा ढिलोगरी कार्यक्रम स्थलमा पुगेका प्रमुख अतिथि सरासर मन्चमा पुगे ।
आसन ग्रहणपछि सभापतिको आसनमा रहेका उनै अध्यक्ष र प्रमुख अतिथि बीचकाने खुसी चल्यो ।
कार्यक्रम प्रारम्भ भयो ।
सभापतिले उदघोषकलाई ईसारा गरेर बोलाए र कानमा केही भने ।
फर्केर उद्घोषकले भने ‘प्रमुख अतिथिज्यू अत्यन्त व्यस्त हुनुहुन्छ । व्यस्ताकै बीच पनि हाम्रो कार्यक्रममा उपस्थित भइदिनु भएकोमा उहाँ प्रति हार्दिक आभार टक्रयाउँदै तुरुन्तै फर्कनुपर्ने भएकोले सम्बोधनका लागि उहाँलाई निम्त्याउँछु ।’
लामो समयदेखि उपस्थित आक्रोशित दर्शकहरूले एकै स्वरमाभने ’लामो समय कुरियो, प्रमुख अतिथिको अनुहार हेरियो पुग्यो, उहाँको सम्बोधन सुन्ने फुर्सद हामीलाई छैन, हामी हिँड्यौँ ।’
हेर्दाहेर्दै हल खाली भयो । खालीहलको भित्तामा ठोकिएको प्रमुख अतिथिको आवाज उनैतर्फ फर्किरहेको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।