तीन मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ,पुस १४।
सेवाकै भावलिइ बहन्छन नदीकंचन
त्यहीभावमा स्वाद दिन्छ फलभन्जन
यही ठुलो धर्म हो सांसारिक वस्तुको
स्वच्छ, भावले लगाइन्छ पवित्रचन्दन ।
दिब्य ज्ञानको लिप्साले वनगौरवशाली
जीवन बन्छ शुभकामनाले भाग्यशाली
लगाई विवेकलाई स्वच्छन्दताको भागी
अनिजीवनमा सदा छाउनेछ हरियाली ।
हटाई देउ सारा तिमीरलाई
बहनदेउ पूरा समीरलाई
कष्ट सम्पुर्ण नाशहुँदै जान्छ
प्रकाशभर्न देउ दिवाकरलाई
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।