नदी : मञ्जु मञ्जुभाषिणी (कविता )

नदी : मञ्जु मञ्जुभाषिणी (कविता )

कपन अनलाइन

काठमाण्डौ,पुस १४।

अविरल अथकित बहेर
तिम्रा सम्पूर्ण दुर्गन्धहरू
आफू भित्र लुकाएर
सुगन्ध मात्र दिएँ तिमीलाई ।
दिनुको नामनदीहो
यतिमात्र मूलमन्त्र थियो मेरो
त्यसैले
जति सक्दो दिएँ ।
र,
आफू बहाव विहीन हुँदापनि
कहिले ढुङ्गा
कहिले माटाका रूपमा
निचोरिएर दिएँ
अनि
आज तिम्रै वरिपरिका दृश्य
चुपचाप हेर्दैछु
थकित र विचलित भएर
जहाँ,
कलकलबगेको
मेरो यौवनमय विगतमा
विलुप्त भएको छ
मेरो दिनुको अर्थ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।