शुभकामना : राधिका पन्त (कविता )

शुभकामना : राधिका पन्त (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३०।

पाइलै पिच्छे प्रगतिपथ खोजेर हिडनू
खुड्किलाहरु अप्ठेरा होलान् सोचेर चढनू ।

मानिस होला इर्ष्यालु  द्रोहीहितले बोल्दैन
स्वजनहरु कटुता बोल्लान् विवेक खुल्दैन ।

ति सारा पीडा भुलेर आज अगाडि बढ्नू
हजारौँ गुणा टाढाको बाटो छ तय गरनू ।

मान्छेमा स्वार्थी धम्की र घुर्की बढेको समाज
साहित्यमाझ छोडेर आयौ सुखको आवाज ।

आकाश जस्तो विशाल मन लिएर उदायौ
छुटेका तन फाटेका मन सम्झौता दिलायौ ।

आस्थाका साथउनेर आज शव्दका यी माला
नेपाली माटो उर्वरा बनोस् उचाली हिमाल ।

उत्सव आयो घुमेर फेरि कबाको दैलोमा
जोस र जाँगर भरियोस्यहाँ छ शुभकामना !!

यो शुभदिनमंगल क्षण सबैको भावना
उज्वल बनोस  भविष्यअँझै छ शुभकामना

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।