स्यालुट : केशवराज आमोदी (लघुकथा)

स्यालुट : केशवराज आमोदी (लघुकथा)
 कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर २३ ।
‘ए माने !’
‘हजुर ! मालिक !, सेवक हाजिर छ, मर्जी होस् ।’
‘एक चिलिम तमाखु भरेर छिटो ले
त ।’
‘हस् मालिक !’
‘ए माने ! तरकारी किन्न बजार जा त !’
‘हस् मालिक !’
माने, सुब्बा साहेबको घरको कामदार हो ।
यसै गरी मिनेट–मिनेटमा एकहत्तरौं वर्षका सुब्बाले मानेलाई जोताउँछन् र ऊ यसरी नै जोतिएर दिन बिताउँछ । ऊ यसैमा खुशी र सन्तुष्ट छ । यसरी जोतिनुमा भाग्यको चिठ्ठा र कर्मको फल हो, माने ठान्दछ । कतिचोटि सुब्बाका जाहानैले जोताउदै गर्दा मुखको गास छोडेर दौडनुमात्र परेको छैन भने कुखुराको
डाँकैमा उठाइदिनाले पेटभरि निद्रा लिन पा’को पनि हुँदैन । उसको ड्युटी मालिकको हुकुम पर्खेर बस्नु र आदेश मिल्नासाथ हुकुमको तामेली गर्नु हो, बस् ।
एकदिन सुब्बा साहेबलाई भेट्न उनकै उमेरसँग मिल्दा मेजर धनमान सिंह साहेब आए । उनकै अगाडि दौडिरहेको देखी झलक्क एक नामुद लेखकको ‘दोषी चस्मा’को एउटा चाकरीवाल पात्रलाई सम्झेर मानेलाई भने– ‘नेताका झोलेहरू देश र जनतालाई कङ्गाल बनाउने काममा जीवन खर्चिरहेछन् र नेताकै पिछलग्गू भएर आफ्नै पिंढी दर पिंढी उजाड बनाउने काम गरिरहे– छन् ।’
साहेबका कुरा कतिपट्टि के भन्न खोज्नु भा’ हो ? मैले त बुझिनँ ।
‘कुरो सफा छ । तिम्रो जाँगरले सुब्बा साहेबको घरमात्र सहज तरिकाले चलेको छैन किन्तु तिम्रो घरको साँगा पनि जसोतसो टरेको छ । यी राजनीतिक झोलेहरूभन्दा त तिम्रो सेवा सयौं गुना महान् छ । म तिम्रो यस महानतालाई स्यालुट गर्दछु । माने चैं ट्वाँ परेर मेजर साहेबलाई हेरिरह्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।