दिवा खाजा : दिपेन्द्र आचार्य (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।
‘नाइ बाबा दस रुपैयाँ नदिए त म स्कुल जान्न ।’
‘किन छोरी दस रुपैयाँ ?’
‘चटपटे खान’
‘स्कुलमा सरहरूले खाजा दिइहाल्नुहुन्छ नि! फेरि यस्तो बजारे खाजा स्वस्थ्यको लागि हानिकारक हो भन्ने थाह छ त मेरो ज्ञानी छोरीलाई ।’
‘हामीलाई दिनुहुन्न खाजा । म भोकै पढ्न सक्दिन । दस रुपैयाँ दिनुहुन्न भने म त स्कुल जान्न ।’
कक्षा सात पड्ने आफ्नो छोरीको कुरा सुने पछि छोरीसङै विद्यालय गइ दिवा खाजा सम्बन्धी कुरा बुझ्ने निर्णय गरी विद्यालय उनी जान्छन् । प्रधानाध्यापक सङ्ग छोरीको पढाई सम्बन्धि कुरा गरि दिवा खाजाको विषयमा सोध्न थाल्छन् ।
‘सर पोहोरसम्म दिइएको दिवा खाजा अहिले किन दिइएन ?’
‘सरकारको नियम अनुसार कक्षा पाँच सम्म मात्रै दिवा खाजाको कार्यक्रम भएकाले यसो गरिएको हो ।’ प्रधानाध्यापकले सहज जवाफ दिनुहुन्छ।
‘कक्षा छले पनि दिवा खाजा नपाउने हो सर ?’
‘हजुर यसपालिको बजेटले कक्षा छलाई पनि दिवा खाजा काट्यो त ।’
‘धन्यवाद सर’ भन्दै अभिभावक बाहिरिन लाग्दा टेबुलमा रहेको कान्तिपुर पत्रीकामा आँखा पर्छ । जहाँ पहिलो पृष्ठमा लेखिएको हुन्छ ‘कोसी प्रदेशको प्रत्येक कर्मचारीलाई दैनिक रु २०० खाजा भत्ता ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।