आज भाद्र शुक्ल अष्ट्मीका दिन कागेश्वरी महादेब मन्दिरमा “कागेश्वरी मेला”

आज भाद्र शुक्ल अष्ट्मीका दिन कागेश्वरी महादेब मन्दिरमा “कागेश्वरी मेला”

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

राजधानी बाट करिब १८ किलोमिटरको दुरिमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागल शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित रहेको कागेश्वरी महादेब मन्दिरमा प्रत्येक बर्षझै आज पनि भाद्र शुक्ल अष्ट्मीमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण कागेश्वरी मेला लागेको छ ।

आजको दिन कागेश्वरी महादेब मन्दिर परिसरमा रहेको कुण्डमा स्नान गरि दर्शन गरेमा सम्पुर्ण पाप नाश भइ सुख शान्ती प्राप्त गरि मरणोपरान्त शिव लोक प्राप्त हिने जन बिश्वास रहेको छ साथै यमराजको दुत कागले मानिसलाई छुदा अशुभ हुने र त्यस बाट मुक्त हुन कागेश्वरी मन्दिर परिसर मा रहेको पोखरीमा स्नान गर्नु पर्ने धार्मिक मान्यता रहेको छ ।

आजको दिनलाइ कागे अष्ठमी पनि भनिन्छ । बिहानै देखि श्रद्धालु भक्तजनको ठुलो भिड लागेको छ ,गोसाइँकुण्डमा मेला भरेका दर्शनार्थीले त्यहा बाट ल्याएको जल कागेश्वोरी महादेबलाई चढाएपछी मात्र गोसाइँकुण्ड यात्रामा जाने र मनोकामना पूरा हुने बिश्वास रहिआएको छ । बिहानै देखी तामाङ लामाहरुको ढ्याङ्रो बजाइ नाच्दै गाउदै पुजा गरिरहेका थिए भने नेवार समुदायको लाखे नाच पनि देख्न सकिन्थ्यो । कागेश्वरीको बिकासका लागी विभिन्न पुर्वाधार निर्माण लगायत गुरुयोजना बनाइ काम भैरहेको र कागेश्वरी क्षेत्रलाई धामको रुपमा बिकास गर्नको लागि विशेष अभियान संचालन गरिएको र कागेश्वरी मन्दिर सम्म पुग्न जनताको पहल र सहभागिता मा लामो सिडि निर्माण गर्ने साथै केही बर्ष अघि बाट फागुन ७ गते कागेश्वोरी पर्यटन महोत्सव गर्न थालिएको छ ।

नयाँ शिष्यलाई कागे अष्टमीका दिन कागेश्वर महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने गरेको लामा गुरुको धारणा छ । कागे अष्टमीका दिन आफ्नो खेतबारीमा फलेको मकै कागेश्वरीमा माहादेवलाई चढाएमा कागले खेतबारीमा गई मकै खाँदैन भन्ने जन विश्वास समेत रहेको छ ।

तपाइँको प्रतिक्रिया ।