गोकर्णेश्वर महादेव मन्दिर परिसरमा नकआउट प्रोफेसनल मुवाथाई – २०२३ आयोजना हुने
कपन अनलाइन
काठमाण्डौ ,असोज ६।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा नकआउट प्रोफेसनल मुवाथाई च्याम्पियनशीप २०२३ आयोजना हुने भएको छ । मुवाथाईका विभिन्न विधामा प्रतिस्पर्धा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
प्रतियोगिता असोज १३ गते शनिबार विहान ९ः०० देखि बेलुका ५ः०० बजेसम्म हुनेछ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ राष्ट्रिय खेलकुद अभियानलाई आत्मसाथ गर्दै गोकर्णेश्वर मुवाथाई नगर कमिटीद्धारा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा ख्याती प्राप्त खेलाडीहरुले सहभागीता जनाउने छन् ।
प्रतियोगितामा हरेक विधाका विजेताले रु १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कारका साथमा विनर बेल्ट, ट्रफी, मेडल सर्टिफिकेट र टिसर्ट प्राप्त गर्नेछन् । गोकर्णेश्वर मुवाथाई नगर कमिटीका अध्यक्ष सानुकान्छा श्रेष्ठले गोकर्णेश्वर मुवाबाई नगर कमिटीले नेपालकै सर्वोकृष्ट प्रतियोगिता गर्न सफल भई मुबाथाई खेललाई विकास र विस्तार गर्दै खेलाडीहरुको हौसला र मनोबल बढाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रोफेशनल खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथमा प्रतियोगिता गर्न लागेको बताए ।
पत्रकार सम्मेलन कार्यक्रम गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद उपशाखा प्रमुख राम नारायण शाहको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै शाहले खेलकुदले स्वास्थ्य र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले खेलकुदको विकासमा नगरपालिकाले सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा प्रमुख अतिथीले खेलाडी स्वयंसेवकहरुलाई टिसर्ट, ट्रयाकसुट वितरण गरेका थिए । कार्यक्रममा नगर समितिका अध्यक्ष सानुकान्छा श्रेष्ठ, ज्ञान दाश श्रेष्ठ (उपाध्यक्ष), श्यामकृष्ण श्रेष्ठ (उपाध्यक्ष), शिवहरी श्रेष्ठ (सचिव), निराजन सेढाई (कोषाध्यक्ष) र सदस्यहरु राकेश महर्जन, श्याम काजि श्रेष्ठ, जगदिश पाण्डेय, दुर्गा बहादुर श्रेष्ठ, खेलाडीहरु एवम् शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।