नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेसको नयाँ कार्यसमिति सर्वसम्मत चयन
कपन अनलाइन
टोरन्टो,असोज ७।
क्यानाडामा रहेका नेपाली समुदायको सेवा तथा सामाजिक र सांस्कृतिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको गैर नाफामुखी संस्था नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस)ले सन् २०२३-२०२४ को लागि सर्वसम्मत रूपमा नयाँ कार्यकारी समितिको चयन गरेको छ।
सेप्टेम्बर २४ शनिबार स्कारब्रोमा भएको १७ औं वार्षिक साधारण सभाले एनसिसिएसको नयाँ सभापतीमा डा. थमनाथ अधिकारी र अध्यक्षमा बिना बर्मालाई निर्वाचित गरेको छ ।
नयाँ सदस्यहरूमा देवेन्द्र अधिकारी, लक्ष्मी दाहाल, निमिस खनाल, ज्ञानु साह, प्रकाश ढुंगाना, बिमल बस्नेत, बसन्त पाठक, कौशल निरौला, सीता संग्रौला निर्वाचित भएका छन छन्।
नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेस क्यानाडामा रहेका नेपाली समुदायको सेवाको उद्देश्यले २००६ मा एक गैर- नाफामूलक संस्थाको रूपमा स्थापना भएको थियो।
यस संस्थाले नेपाली संस्कृति र सम्पदा संरक्षण गर्न, आवश्यकतामा परेका नेपालीहरूलाई सेवा र सहयोग प्रदान गर्न, नेपाली र अन्य समुदायहरूबीच सञ्जाल र सहकार्य बढाउन वर्षभरि विभिन्न कार्यक्रम र कार्यक्रमहरू आयोजना गर्छदै आएको छ ।