निर्वाचन खर्च सार्वजनिक नगर्ने गगन थापा र डा.राजन भट्टराई सहित क्षेत्र नं ४ का २१ जनालाई जरिवाना
कपन अनलाइन
काठमाण्डौ ,साउन ९।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाहीस्वरुप १५ हजार जरिवाना तोकेको छ ।
आयोगले आज एक सूचना जारी गरी आम निर्वाचनमा भएको खर्च नबुझाउने प्रतिनिधि सभाका १ हजार ३७ तथा प्रदेश सभामा १ हजार ३ सय ९८ गरी कूल २ हजार ४ सय ३५ जनालाई प्रति व्यक्ति १५ हजारका दरले जरिवाना तोकेको हो ।
निर्वाचन आयोगले तोकिएको जरिवानाका साथ सात दिनभित्रमा निर्वाचन खर्चसमेत पेस गर्न निर्देशन दिएको छ । यसरी खर्च पेस नगरी कारबाहीमा पर्नेहरुमा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन थापा र नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराई सहित क्षेत्रका २१ जना उम्मेदवार कारवाहीमा परेका छन।
को को परे कारवाहीमा ?
तपाइँको प्रतिक्रिया ।