दृष्टि : दृष्टिकोणभित्रको दृष्टि, दिव्य गिरी (पुस्तक परिचय)

दृष्टि : दृष्टिकोणभित्रको दृष्टि, दिव्य गिरी (पुस्तक परिचय)

 कपन अनलाइन

काठमाण्डौ ,साउन ८ ।

युवराज मैनाली (२०१७) नेपाली साहित्यिक फाँटमा कथा, लघुकथा र व्यङ्ग्य लेखनका साथै समालोचनाको क्षेत्रमा पनि स्थापित एबम् सुपरिचित नाम हो । वि.सं. २०३७ सालमा ‘मुर्दा बोल्यो’ शीर्षकको कथासङ्ग्रह प्रकाशित गरेर साहित्यकारको जमातमा देखा पर्नुभएको थियो । त्यसपछि उनका ‘केही प्रतिभा ः केही रोप्रवृत्ति’ (समालोचना, २०४२), ‘भ्रष्टाचारको भाङ’ (व्यङ्ग्य निबन्ध, २०६५), ‘समको पौराणिक नाट्यकौशलता’ (समालोचना, २०६९), ‘कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण’ (समालोचना, २०७०) र ‘पृथक बाटो’ (लघुकथा, २०७५) प्रकाशित भइसकेका छन् । उनको पछिल्लो कृति ‘दृष्टि ः दृष्टिकोण’ नामक समालोचनाग्रन्थ साझा प्रकाशनबाट प्रकाशित हुँदाका बखत मिति २०७९ साल उल्लेख भए पनि उक्त कृतिको यही असार २ गते लोकार्पण कार्य सम्पन्न भएको हो ।

समालोचक मैनालीले यस ग्रन्थमा नेपाली साहित्यमा लेखिएका मुक्तक, कविता, नाटक, कथा, हास्यव्यङ्य, महाकाव्य, खण्डकाव्य, उपन्यास, लघुउपन्यास, बालसाहित्य, यात्रानिबन्ध, निबन्ध आदिमा आफ्नो समालोचकीय दृष्टिकोणलाई प्रस्तुत गर्नुभएको छ । वि.सं. १९९६ सालमा जन्मनुभएका कवि विनोद अश्रुमालीको मुक्तकदेखि लघुकथाकार रवीन्द्र समिरका लघुकथाका साथै अन्य ख्यातीप्राप्त लेखकहरूका विविध विषयका कृतिहरूका बारेमा समालोचना गर्नुभएको छ । वर्तमान नेपाली साहित्यमा समालोचना निकै कम मात्र लेखिने गरेको पाइन्छ । परम्परागत शैलीभन्दा फरक ढङ्ग अर्थात पाठकीय तर यथार्थपरक दृष्टिकोणबाट लेखकका कृतिमाथि समालोचना गरिएको यस कृतिमा जम्मा उनन्तीस जना लेखक साहित्यिकारहरूको विभिन्न विधाका कृतिलाई समेटिएको छ ।
काव्य विधा अर्थात कवितातर्पm कवि गीतकार क्षेत्रप्रताप अधिकारीको दुई वटा कृति ‘अकविता’ र ‘रहर लागेर’, कलानिधि दाहालको ‘कलानिधिका चुनिएका कविता’, तीर्थराज अधिकारीको पद्या कविता ‘शरदका सृजनाहरू’, राधेश्याम लेकालीको ‘निरङ्कुशता’, श्रीहरी फुयाँलको ‘अनिँदो आँखामा’, दुवसु क्षेत्रीको ‘अश्वमेध यज्ञका घोडाहरू’, अविनासीको ‘पिल्सिएको परदेशी मन’ र लालगोपाल सुवेदीको ‘रोटीको दन्त्यकथा’ कविता कृतिका बारे समालोचनात्मक विश्लेषण गरिएको छ । महाकाव्यतर्पm बाजुराम पौडेलको वाल महाकाव्य ‘जूनकीरी ’ र खण्डकाव्यतर्पm हरिभक्त सिग्देलको ‘गौरागङ्ग’ कृतिका बारेमा विस्तृतरुपमा विश्लेषण गरिएको छ । वर्तमान नेपाली साहित्यमा मुक्तक लेखन लोकप्रिय हुँदै गएको परिप्रेक्षमा मैनालीले विनोद अश्रुमालीको ‘एक अञ्जुली जूनकीरी’ र ठाकुर शर्मा भण्डारीको ‘प्रकृतिमा मान्छे’ शीर्षकका दुई वटा मृक्तक कृतिबारे समालोचना गर्नुभएको छ ।
समालोचक मैनालीले वि.सं.२०६९ सालमा नै नाट्यसम्राट वालकृष्ण समयका नाटकहरूको समालोचना गर्दै ‘समको पौराणिक नाट्यकौशल’ नामक सिङ्गो समालोचनात्मक ग्रन्थ नै प्रकाशित गरिसक्नुभएको छ । यस ग्रन्थमा चाहिँ उहाँले नाटक विधामा कथाकार जगदीश घिमिरेको ‘सन्तान’ नामक एक मात्र नाटकलाई समालोचनाको विषय बनाउनु भएको छ ।
उपन्यासतर्पm कृष्ण धरावासीको दुईवटा उपन्यास ‘शरणार्थी’ र ‘राधा’ छन् भने नयनराज पाण्डेको लघुउपन्यास ‘उलार’ का साथसाथै वालउपन्यासतर्पm गङ्गा कर्माचार्य पौडेलको ‘दसैँको दक्षिणा’ नाम कृतिलाई चयन गरिएको छ ।
कथातर्पm कथाहारहरू माया ठकुरीको ‘गमलाको पूmल’, अनिता तुलाधरको ‘रित्तो सहर’, विजय चालिसेको ‘विज्ञानको कैदी’ र किशोर पहाडीको ‘बाँच्नु र बाँचेकाहरू’ तथा ‘घरखण्डहर’ भित्रका कथाहरूका प्रवित्तिबारे विस्तृत समालोचना गरिएको छ । त्यसै गरी लघुकथातर्पm अच्युत घिमिरेको ‘शिखर चढिरहेको मान्छे’ र रवीन्द्र समिरको ‘अणु र पहाड’ भित्रका लघुकथाहरूको बारेमा समालोचना गरिएको छ ।
मैनालीले गद्य साहित्यमा उपन्यास, कथा र लघुकथाको अतिरिक्त निबन्ध, यात्रानिबन्ध तथा हास्यव्यङ्ग्यका कृतिहरूका बारेमा पनि समालोचना गर्नुभएको छ । यस समालोचकीय ग्रन्थमा यात्रानिबन्धतर्पm प्राध्यापक डा.खगेन्द्रप्रसाद लुइँटेलको ‘बाह्र वर्षमा हनिमुन’ र युवराज नयाँघरेको ‘नीलडाम’ विद्याप्रसाद घिमिरेको ‘छैटौँ इन्द्रिय’ समेत गरी तीन कृतिलाई समावेस गरिएको छ भने हास्यव्यङ्ग्यतर्पm नरेन्द्रराज पौडेलको ‘मङ्कीस्टेट याने वानरराज्य’, चट्याङ मास्टरको ‘चट्याङ गीता’ र विमल भौंकाजीको ‘जसको जोत उसैको पोत’ कृति रहेका छन् ।
यस प्रकार समालोचक मैनालीले नेपाली साहित्यको विविध विधामा प्रकाशित साहित्यिक कृतिहरूलाई समालोचनको निम्ति छनोट गर्नुभएको छ । यसमा विधागत हिसाबले कुनै किसिमको समय अर्थात कालखण्ड निर्धारण गरिएको छैन । समालोचक मैनालीले आपूmले अध्ययन गरेका कृतिहरू के कस्ता छन् भन्ने निजी धारणालाई मात्र प्रस्तुत गर्नुभएको छ । समीक्षक मैनालीले कृतिमाथी समीक्षात्मक टिप्पणी गर्दा कुनै पूर्वाग्रह वा आग्रहमा नरही स्वतन्त्र ढङ्गबाट आफ्नो विचारलाई प्रस्तुत गरेको पाइन्छ । समालोचना आपैmमा एउटा चुनौतीपूर्ण कार्य हो । अरूको सिर्जनामाथि टीका टिप्पणी गर्नु वा त्यसको सैद्धान्तिक व्याख्या विश्लेषण गर्नु अवश्य नै अप्ठयारो र अपजसको काम पनि हो । तर मैनालीले त्यो चुनौतीलाई आत्मसात गरी उनन्तीस स्रष्टाका विविध विधामा लेखिएका कृतिमाथि समालोचना लेख्ने कार्य गर्नुभएको छ । यो कार्य एकै महिना वा एक वर्षमा भएको होइन । यसले निकै लामो समय लिएको छ । प्रस्तुत दृष्टि ः दृष्टिकोण नामक समालोचनाग्रन्थ नेपाली साहित्यका पाठक, विद्यार्धी र शोधकर्ताहरूको निम्ति अत्यन्त उपयोगी समालोचनाग्रन्थको रुपमा प्रकाशित भएको छ । कूल ३१२ पेजको यो ग्रन्थ मैनालीको सातौँ प्रकाशित कृति हो ।
संक्षेपमा भन्नुपर्दा समीक्षक मैनालीले वर्तमान अवस्थामा लेखिँदै आएको र लोकप्रिय विधाको रुपमा रहेको गजल र हाइकुलाई छाडेर अन्य धेरैजसो विधाका कृतिलाई समीक्षाको निम्ति चयन गर्नुभएको छ । अन्त्यमा लेखक एबम् समालोचक युवराज मैनालीलाई यस नविनतम् ग्रन्थकालागि हार्दिक बधाई ज्ञापन गर्दै उहाँको यस प्रकारको कार्यले अझ सफलतापूर्वक निरन्तरता पाओस् भन्ने कामना गर्दछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।