गजल : दिपक पनेरु
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २।
जन्मभूमि आमा लुट्नेले मर्यादा बताए अचम्म लाग्छ ।
पाखण्डीले त्यो शास्त्र ज्ञानको कुरा सिकाए अचम्म लाग्छ ।
परेवालाई दाना खुवाउँछन मन्दिरमा धाई धाई
घरमा आई निर्दोष पंक्षी मारी पकाए अचम्म लाग्छ ।
वृद्ध बाबू आमा हेलाको पात्र मुखमा मन दुख्ने गाली
सत्संग बसि भक्तालुलाई भजन भजाए अचम्म लाग्छ ।
नोकर रुन्छ तलब मागि परिवारको पेट भर्नलाई
गरीब मारी धनीले व्हिस्कीमा धन लुटाए अचम्म लाग्छ ।
ईज्जतको खातिर जो चुप बस्छन् सहेर अन्याय जस्तै
केही बोल्न नसक्ने भन्छ कायर डराए अचम्म लाग्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।