मदिराजन्य विज्ञापनको होर्डिङ बोर्ड हटाउन कागेश्वरी मनोहरा वडा नम्बर -६ को अनुरोध

मदिराजन्य विज्ञापनको होर्डिङ बोर्ड हटाउन कागेश्वरी मनोहरा वडा नम्बर -६ को अनुरोध

कपन अनलाइन

काठमाडौं चैत्र १५ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर -६ ले मदिराजन्य पदार्थको विज्ञापनको होर्डिङ बोर्ड हटाउन अनुरोध गरेको छ । वडा कार्यालयले मंगलबार एक सूचना जारी गर्दै वडाभित्र राखिएका मदिरा तथा मदिराजन्य बस्तुको विज्ञापनको होर्डिङ बोर्ड हटाउन वडाबासीलाई अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार सर्वोच्च अदालतको २०७९/११/११ गते विज्ञापन होर्डिङ बोर्डमा मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाइने भनि निर्णय भएको हुँदा त्यस्ता विज्ञापन तत्काल हटाउन वडाबासीलाई अनुरोध गरिन्छ ।’

साथै वडा कार्यालयको अनुरोधलाई ब्यवास्ता गर्दै विज्ञापन गरेको पाइए विज्ञापनदाता, विज्ञापन एजेन्सी, तथा सरोकारवालालाई प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।