नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा

कपन अनलाइन

काठमाडौं चैत्र १५ । नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा भुटानसँग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ९० औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले सम्भावित हार टारेको थियो । निशान खड्काको कर्नरमा अनन्त तामाङले हेडरमार्फत उपलब्ध पासमा दीपकले हेडमार्फत गोल गरेका थिए  ।

दीपकको यो पहिलो अन्तराष्ट्रिय गोल हो । उनले लाओसविरुद्धको खेलबाट डेब्यु गरेका थिए । त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए  । अब नेपालले उपाधिका लागि लाओससँग खेल्ने छ

 

तपाइँको प्रतिक्रिया ।