पार्वणका बाजे : दिवाकरप्रसाद आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ११ ।
प्रातःकर्म सकी धोती कम्मरमा बांधी फन्फनी ।
पोथीकुश घुसारेर हिंड्छन् तीबगलीमुनि ।
यजमानको पुगी घरमा आसनमा गम्म बस्दछन् ।
गोदान् तर्पण सिध्याइ श्राद्धारम्भ तीगर्दछन् ।
लागी भोक पसी वायु पेट खूब गडगडाउँछ ।
तस्मैस्वधा र तृप्यन्ताम् मुखले बडबडाउँछ ।
नैवेद्य देखि आंखाले हेर्छन खाली टुलुटुलु ।
रशनाखूब ।रसाएर निल्छन थुक सुलुसुलु ।
बल्लतल्ल सकीकाम लिन्छन आराम क्षणभर ।
सुक्छ ओठ, मुखऔ नाक झोकिंदा जठरानल ।
आँखाभित्र गडिसक्छ कण्ठमा शब्द अड्दछ ।
कानमा धन्टको शब्द पेटमा वायु बढ्दछ ।
‘भान्सातयार भो’ सुन्दा देहमा प्राण पस्दछन् ।
झट्पट् लुगाफुकालेर भान्सामा खान बस्दछन् ।
तातो खीर हुँदागर्मी स्वेदकाबूंदझर्दछन् ।
तथापिलियीआनन्द शान्तिको सास फेर्दछन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।