न सोध मलाई : साजन रेग्मी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
जूनलाई रात राम्रो लागे जस्तो,
आकाशलाई ताराको साथ राम्रो लागे जस्तो,
सितलाई पात राम्रो लागे जस्तो,
वियोगमा परेकोलाई रक्सीको मात राम्रो लागे जस्तो,
कसरी ?, किन?, कहिले ?, न सोध मलाई,
राम्री लाग्छौ तिमी, त्यति थाहा छ मलाई ।
कवितालाई कविको खाचो भए जस्तो,
उजेलीलाई घामको खाचो भए जस्तो,
मुटुलाई सासको खाचो भए जस्तो,
आशाहिनलाई आशको खाचो भए जस्तो,
कसरी ?, किन?, कहिले ?, न सोध मलाई,
केवलतिम्रो साथको खाचो छ, त्यति थाहा छ मलाई ।
फूलको रसमापुतली रमाए जसरी,
गीतको भावमागीतकार रमाए जसरी,
पानीको थोपामा खडेरी रमाए जसरी,
मायाको स्पर्शमा प्रेमी रमाए जसरी,
कसरी ?, किन?, कहिल?, न सोध मलाई,
जुनी भर तिमीसँगै रमाउन मन छ,
त्यति थाहा छ मलाई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।