ज्ञापनपत्र बुझाउन गएकाहरु पक्राउ

काठमाडौँ, १० असार । भारत र चीनबीचमा ‘लिपुलेक’ नाकासम्बन्धमा हालै भएको सम्झौता सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन यहाँस्थित चिनियाँ दूतावास गएकाहरु पक्राउ परेका छन् ।

ज्ञापनपत्र बुझाउन दूतावास पुगेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल, उपाध्यक्ष बिएन शर्मा, केन्द्रीय सदस्यद्वय जगदीश लामिछाने र तिलक बोहरा, काठमाडौँ जिल्ला सचिव प्रभात अधिकारी र सदस्य सञ्जय दवाडी पक्राउ परेका हुन्

पक्राउ परेका सबैलाई महानगरीय प्रहरी प्रभाग कमलपोखरीमा राखिएको छ । मोर्चाले पक्राउ परेका सबैको शीघ्र रिहाइको माग गरेको छ ।

तपाइँको प्रतिक्रिया ।